इजरायल-प्यालेस्टिन द्वन्द्व युद्धमा परिणतः दुबैतर्फ गरी करिव ५ सयजनाको मृत्यु

काठमाडौँ। इजरायल/ प्यालेस्टिन द्वन्द्व युद्धमा परिणत भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् । लडाकु समूहले एकै पटक विभिन्न ठाउँबाट जल, थल र हवाइ हमला गरेको हो ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ । इजरायलले जवाफी हमला सुरु गरिसकेको जनाएको छ । इजरायली सेना,आइडीएफले गाजा क्षेत्रका बासिन्दालाई घर छाड्न आग्रह गरेको छ ।
हमास लडाकुका आधार क्षेत्र लक्ष्यित हमलालाई प्रभावकारी बनाउन शंकास्पद ठाउँका बासिन्दालाई अन्यत्र पठाउन खोजेको हो । हालसम्म लडाकु समूह हमासको आक्रमणमा परी इजरायलतर्फ २ सय ५० जनाको मृत्यु भएको छ भने करिव १६ सयजना घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाको प्रत्याक्रमणमा परी २ सय ५० हमास लडाकुको मृत्यु हुनुका साथै सयौंको संख्यामा घाइते भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनी हमलाको विश्व समुदायले निन्दा गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इजरायल-प्यालेस्टिन द्वन्द्व
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्