Techie IT
मंगलबार, वैशाख ३०,२०८२

एनआरएनए सचिवका प्रत्याशी मनोज गोर्खालीलाई कतारमा भव्य स्वागत


कतार,गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०२३/२०२५ कार्यकालका सचिव पदका उम्मेदवार एबं हालका मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत गरिएको छ । आगामी कार्यकालका सचिव पदका उम्मेदवार गोर्खालीलाई एनआरएनए सचिव एबं आगामी कार्यकालका लागि उपमहासचिव पदका उम्मेदवार प्रविण गुरुङ, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए मध्यपूर्व उप-संयोजक के बि हमाल, एनसीसी कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, आईसीसी सदस्य दिपजंग शाह ठकुरी, प्रवासी नेपाली मञ्च आईसिसिका सचिव चानक पोखरेल,एनआरएनए पूर्व आईसीसी सदस्य यूवराज शर्मा,सामाजिक अभियन्ता क्रान्ति सिंह,अभियन्ता एबं विश्व साईकलयात्री यासीन मामा,एनआरएनए कतारका सचिव सुरज अधिकारीलगायत दर्जनौंले भव्य स्वागत गरेका थिए ।
एनआरएनए अभियानमा मध्यपुर्वका किङ्गमेकरका रुपमा चिनिने गोर्खाली दुबईका सफल व्यवसायी एबं समाजसेवी हुन । उनले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए आईसिसि सचिवमा अग्रस्थानमा रहेका गोर्खाली यस अभियानमा सबैले रुचाईएका ब्यक्ति हुन ।
सन २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठ मध्यपूर्वमा मात्र नभई विश्व डायस्पोरामा चर्चित ब्यक्तिका रुपमा चिनिन्छन ।
एनआरएनए अधिवेसनका क्रममा एशिया,युरोप,मध्यपुर्व
लगाएत विश्वका प्राय सबै देशमा गोर्खाली पुगिसकेका छन ।
यस्तो छ सचिवका प्रत्याशी श्रेष्ठको प्रतिबद्धता:
१) रिटर्नी श्रमिकहरुको पुनस्र्थापना
२) बिप्रेषण (रेमिट्यान्स) को बृद्धि एवं सामाजिक सुरक्षाको कार्यन्वयन
३) सांगठनिक आर्थिक पारदर्शिता एवं संगठनमा महिला तथा युवाको सहभागिता
४) नागरिकताको निरन्तरतामा मेरो प्रतिबद्धता


क्याटेगोरी : समाचार
ट्याग : #गैर आवासीय नेपाली संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:14 am6:45 pm +0545