Techie IT
शनिबार, जेठ ४,२०८२

बारामा भारतीय युवकको गोली हानी हत्या


बारा, १० असोज । बारामा गएराति गोली हानी एक भारतीय युवकको हत्या भएको छ ।

भारतको मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहको गोली हानी हत्या भएको हो । उनको हत्या बाराको पचरौता नगरपालिका(६ लक्ष्मिनियास्थित पोखरी नजिक भएको हो ।

दुई वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरी उनीहरु भारततर्फ भागेका छन् ।

घटना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट एक थान गोली बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीलेनै उनी माथि गोली चलाएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतकको शव नारायणी अस्पताल वीरगञ्ज ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोली हानी हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:48 pm +0545