Techie IT
सोमबार, वैशाख २२,२०८२

एनआरएनए माल्टाको पहलमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न


माल्टा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए माल्टाको पहलमा युरोपको माल्टामा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । यही सेप्टेम्बर २३ र २४ तारीख संचालन भएको २ दिने घुम्ति सेवा अन्तर्गत ७६० जनाले पासपोर्ट नबिकरण, १५ जनाले मन्जुरिनामा र अन्य केहि व्यक्तिहरुले महत्वपुर्ण सिफारिसहरुको सेवा सुबिधा लिन सफल भएका हुन् । नेपाली राजदुतावास युके र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाको सहकार्यमा माल्टाबासी नेपालीहरुको राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए माल्टाले यस कार्यलाई ऐतिहासिक कार्यको रुपमा लिएको एन आरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले बताएका छन् । उनले छोटो समयमा गरिएको काममा केहि प्राविधिक त्रुटिहरु हुँदाहुँदै पनि एन आरएनए माल्टाले पहिलो पटक यति धेरै राहदानी नवीकरण गर्नु हाल सम्मको विश्वमा नै पहिलो भएको दाबी गरेका छन् ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाले माल्टाबासी नेपालीहरुको सेवाकै लागि काम गर्दै गर्दा कहिकतै गल्ति कमजोरी भएकोमा क्षमा याचन गर्दै यस अभियानले अझै सिक्ने मौका मिलेको र अबका दिनमा झनै परिपक्व तरिकाले अगाडि बढ्ने जानकारी दिएका छन् । संस्थाले यो कार्यलाई सफल बनाउन अहोरात्र खटिने कार्यसमितिका पदाधिकारी , बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तित्व ,सामाजिक अभियन्ता संस्थाका सल्लाहकार राजदूतावासबाट आउनु भएका दुतावासका कर्मचारीहरु लगायत सम्पुर्णमा कृतज्ञता समेत प्रकट गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #एनआरएनए माल्टा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545