हल्कादेखि भारी वर्षाको सम्भावना
काठमाडौं । हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाकाअनुसार कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
शुक्रबार कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षासमेत हुने पूर्वानुमान छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मौसम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्