शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
अस्ति मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको आज दिउँसो राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङ्ग प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्षसमेत हुनुहुन्छ । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य पनि रहनुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजे पुनस् बस्नेछ । सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि त्यस दिन बैठक नबस्ने प्रचलन छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभा बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्