अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु

वासिंगटन डिसी, २६ भदौं । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु भएको छ ।
अमेरिकी संसदमा उनको विपक्षी दल रिपब्लिकनले उनलाई बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताको बारेमा अमेरिकी जनतालाई झूट बोलेको आरोप लगाए। बुधबार ह्वाइट हाउसले विपक्षी दल रिपब्लिकनका आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भनेको छ।
जो बाइडेनलाई अनुसन्धानका सम्बन्धमा केही प्रश्न सोधे पनि बाइडेन पत्रकारहरूको प्रश्नमा मौन रहेिदिएका छन । बाइडेनका प्रवक्ताले भने कि यो अनुसन्धान बाइडेनका राजनीतिक शत्रुहरूको काम हो।
अमेरिकी राष्ट्रपतिका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूसँग भने, ‘उनीहरू ९रिपब्लिकन० ले राष्ट्रपतिमाथि अनुसन्धान गर्न पूरै वर्ष बिताए र कुनै प्रमाण फेला पारेनन्। राष्ट्रपतिले केही गलत गरेनन् ।’
जीन पियरेले थप भने, ‘रिपब्लिकनहरूसँग सदनमा पर्याप्त समर्थन पनि छैन। यो राजनीतिक षड्यन्त्र मात्रै हो ।’
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जो बाइडेन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्