एनआरएनएको नेतृत्व गर्न भिजन लिएर अगाडि बढेको छु,सहयोग गर्न एनआरएनएलाई शर्माको आग्रह

हङकङ,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन ।
एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आगामी कार्यक्रमको लागि अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए ।
“एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,”शर्माले हकङकङका एनआरएनए अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने,“मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन,लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ ।”
शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत सबै अभियन्तालाई अनुरोध गरे ।
“२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुलेपछि दोस्रो कतारमा खुलेको हो,”शर्माले भने,“मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्,सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।”
शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले अगाडी बढाएको बताए । उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने भन्दै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए ।
अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाउने मिसन बोकेको बताए ।
“खाडी,मलेसिया, कोरिया र युरोपमा बस्नेले सिप सिकेर फर्केका छन ,अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेल्थको बारेमा जानकारी छ,”शर्माले भने,“हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने योजना नै हो।”
हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए ।
शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,”शर्माले थपे,“यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु । ”
अहिलेको कार्यसमितिका अध्यक्ष त्रय सम्मानित व्यक्तिहरू रहेकोले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको शर्माले बताए ।
एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुने छ । अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका छन । शर्माले यस अभियानका क्रममा एसिया,मध्यपुर्व,युरोप,
अस्ट्रेलिया,अमेरिका क्षेत्रको स्थलगत अध्ययन गरेर गैर आवासीय नेपालीहरु र अभियन्ताहरुको सल्लाह सुझाव लिएर आगामी नेतृत्वको लागी तयार भएको बताएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजेन्द्रकुमार (आरके) शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्