दक्षिणी ब्राजिलमा भीषण वर्षा र हावाहुरीका कारण २१ जनाको मृत्यु

एजेन्सी। दक्षिणी ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाहुरीमा परी २१ जनाको मृत्यु भएको छ ।
थप बाढी र आँधी आउन सक्ने भन्दै प्रभावित क्षेत्रका मानिसलाई सचेत गराइएको छ । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यका गभर्नरले यस पटक आएको चक्रवातलाई अहिलेसम्मकै खराब मौसमी प्रकोपका रुपमा व्याख्या गर्नुभएको छ ।
प्रभावित क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले बताएका छन् । ब्राजिलको मुकुम शहर चक्रवातका कारण ८५ प्रतिशत डुबेको छ ।
पाँच हजार जनसंख्या भएको सो शहरका सयौं मानिसलाई घरको घतबाट उद्दार गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडितहरुको सहयोगका लागि संघीय सरकार सदैव तत्पर रहेको बताउनु भयो ।
ब्राजिलमा झण्डै २४ घन्टा ३ सय मिलिमिटरभन्दा बढी वर्षा भएपछि त्यसले शहरमा बाढी, पहिरो र डुबानको समस्या भएको हो । अझै कयौं मानिस बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको छ । आँधी, बाढी र डुबानले मुकुम शहरको अस्तित्व नै समाप्त नामेट भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दक्षिणी ब्राजिल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्