Techie IT
बुधबार, जेठ १,२०८२

नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दन काफ्लेले दिए राजीनामा


मकवानपुर, १९ भदौ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेको तस्वीर सार्वजनिक गर्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यको रुपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि प्रमुख सचेतकबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

तर राजीनामाको कारण पार्टीको काम गर्न समय नपुगेको उल्लेख गरिए पनि उनको राजीनामाको कारण भने संसदीय दलका नेता लामासँगको सम्बन्धमा आएको समस्याको कारण रहेको स्रोतको दाबी रहेको छ ।

काफ्लेले लामालाई दलको नेता बनाउन सहयोग गरेका थिए । तर लामाले दलको नेता भएपछि काफ्लेलाई प्रदेशको मन्त्रिपरिषद्मा सहभागि नगराएपछि उनीहरुबीचको सम्बन्ध बिग्रिएको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कुन्दन काफ्ले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545