Techie IT
सोमबार, वैशाख २२,२०८२

सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै धम्की दिएका मेयर साहले गरे फेसबुक स्टाटस ‘डिलिट’


काठमाडौं, १८ भदौ । सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै सरकारप्रति आक्रोशित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो फेसबुक स्टाटस ‘डिलिट’ गरेका छन् ।

श्रीमती सविना काफ्ले चढेको महानगरको गाडी रोकेर प्रहरी सुरक्षाकर्मीले केरकार गरेको भन्दै बालेन सरकारप्रति आक्रोशित भएका थिए । मेयर बालेनले सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए । बालेनको सचिवालयले भने सुत्केरी पीडामा रहेकी सविनलाई प्रहरीले दुर्व्यवहार गरेको दाबी गर्दै हिजो वक्तव्य जारी गरेको थियो ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ मेयर बालेनले शनिबार राति लेखेका थिए । उनले सोही स्टाटस फेसबुकबाट हटाएका हुन् ।

देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । मेयर साहले दिएको अभिव्यक्तिको विषयमा हिजो आइतबार गृह मन्त्रालयलमा छलफल भएको थियो । सरकारले उनीमाथि कारबाहीको प्रकिया अघि बढाउने तयारी गरेसँगै उनले आफ्नो स्टाटस हटाएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545