Techie IT
बुधबार, जेठ १,२०८२

झापामा प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ


झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं।१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं ।७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका वडा नं।४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम २८० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

झापा गाउँपालिका वडा नं।१ बेलायतीबारी स्थित ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

शंका लागेर जाँच गर्दा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागुऔषध फेला परेकोले रिजालले बताए । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:13 am6:46 pm +0545