Techie IT
शुक्रबार, वैशाख २६,२०८२

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड कहाँ गायब भयो ?


काठमाडौं, २४ साउन । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ ।

५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको टेलिकमले जानकारी दिएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा कार्ड हराएको बताइएको छ ।

टेलिकमले सूचना जारी गर्दै हराएको कार्ड फेला परेमा फिर्ता गर्न आग्रह गरेको छ । सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो।

ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।

हराएका कार्डमा पैसा नहुने टेलिकमले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल टेलिकम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545