कांग्रेस काठमाडौ ६ को अधिवेशनमा श्यामकृष्ण खड्कीको उद्घोष : अब पार्टी अन्र्तघातबाट हार्ने दिन समाप्त भयो
पार्टीभित्र नै एकता नहुँदा बेहोर्नुपरेको पराजयको समिक्षा गरेर अघि बढौँ

काठमाडौं । भर्खरै केन्द्रीय कार्य समिति वैठक सक्याएको नेपाली कांग्रेस देशभर संगठन सुद्धिढिकरणको अभियानमा सक्रिय हुन थालेको छ । भदौ महिनाभर जिल्ला अधिवेशन गरिसक्नुपर्ने दबाबमा रहेको कांग्रेसले नगर र वडातहको अधिवेशन गरिरहेको छ ।
यस्तै अहिले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस क्षेत्रिय अधिवेशनमासमेत केन्द्रीत भएको छ । पार्टीभित्र देखिएका तिक्तता मेट्दै पार्टीलाई थप सशक्त बनाउन भन्दै स्थानीय तहसम्म कांग्रेसका नेताहरुको सक्रियता बढेको छ । काठमाडौंमा पनि पार्टीको अधिवेशन भएको छ ।
काठमाडौं क्षेत्र नं। ६ को अधिवेशनमा कांग्रेस उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन भत्कने कुरा हल्ला मात्रै भएको र कांग्रेसले गरेको कामको प्रचार आफैंले गर्नुपर्ने बताए ।
भदौसम्म जिल्ला अधिवेशन सक्याउने रणनीति अनुसार उसले पालिका र क्षेत्रिय स्तरीय अधिवेशन गरिरहेको हो । यसअघि काठमाडौं क्षेत्र नं। ६ मा नेपाली कांग्रेसका भिमसेनदास प्रधानले रास्वपाका शिशिर खनालसँग हार बेहोर्नुपरेको थियो ।

चुनाव हार्नुको कारकको रुपमा अन्तर्घात भएको बुझेका उनी अहिले पनि गुटगत समस्या भएको र त्यसलाई भत्काउनुपर्ने बताउँछन् । यो क्षेत्रमा नगरदेखि वडासम्म सबै कांग्रेसले जितेको तर प्रदेश र संघीय चुनाव हारेको दृश्यले पनि अन्तर्घात भएको प्रष्ट भएको प्रधानको भनाई छ ।
फरक प्रशंगमा उनले कांग्रेसले अरुले जस्तो गरेर फिक्का बोल्न नहुने र सस्तो लोकप्रियताको लागि मात्रै काम गर्न नहुँने बताए । पछिल्लो समय नेपाली सेनामाथि प्रश्न उठिरहेको र यो विषयलाईसमेत हल्का टिप्पणी नगर्न पार्टी पंक्तिलाई उनको आग्रह छ ।
भिमसेनदास प्रधान, नेता, नेपाली कांग्रेस कांग्रेसको विधान र केन्द्रीय कार्यसमितिको परिपत्रपछि मात्रै कांग्रेसको अधिवेशनहरु सुचारु भईरहेको बेला अहिले संगठनभित्र बढ्दै गएको गुटगत राजनीतिमा नलाग्न उनको आग्रह छ । चुनावमा उठ्नका लागि आफूले आफैंलाई सिफारिस गर्ने उदेश्यले मात्रै पार्टी संगठन कब्जा गर्न खोज्ने परिपाटी विकास भएकोमा अर्का नेता श्यामकृष्ण खड्की पनि चिन्तित छन् ।
उनी भन्छन्, ‘आफू उम्मेदवार बन्नका लागि मात्रै राजनीतिमा नलागौँ, त्यो स्वार्थ फालौँ, पार्टीभित्र नै एकता नहुँदा बेहोर्नुपरेको पराजयको समिक्षा गरेर अघि बढौँ ।’ श्यामकृष्ण खड्गी, नेता, नेपाली कांग्रेस नेपाली कांग्रेस अहिले तल्तो तहसम्म आन्तरिक छलफलमा छ ।
आगामी वर्षकोसमेत संगठनको कार्ययोजना बनाएर अघि बढ्ने योजना बनाएर उनीहरु अघि बढिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #श्यामकृष्ण खड्की
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्