Techie IT
आईतबार, जेठ १०,२०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि


काठमाडौं, ५ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकको आज चौथो दिन पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

गत साउन २ गतेदेखि जारी बैठकमा बिहीबार ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए ।

उनीहरूले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस केन्द्रीय समिति बैठक


तपाईको कमेन्ट लेख्नुहोस्