खांदबारीमा खानेपानी ल्याउन श्रमदानबाट बिछ्याइयो १४ सय मिटर पाईप (तस्बिरहरु)
खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीकाे खानेपानी समस्या हल गर्न श्रमदानबाट १४ सय मिटर पाईप विच्छ्याईएकाे छ । खाँदबारी नगरपालिका ४ र ५ काे सिमा क्षेत्रमा रहेकाे महभिर खाेलाबाट पानी ल्याउन सनिबार पाईप विच्छ्याईएकाे हाे ।
खानेपानी उपभाेक्ता समिति, कर्मचारी र स्थानीय उपभाेक्ता गरि ३५ श्रमदाताहरुबाट उक्त पाईप विच्छ्याईएकाे हाे । मार्से (भ्याङखाेला) बाट ल्याईएकाे पानी फाेहाेर भई प्रयाेग याेग्य नभएपछि त्यहाँबाट आउने पानी बन्द गरि महभिरबाट पानी ल्याउन पाईप विच्छ्याईएकाे हाे । महभिरबाट यस अघिदेखि नै २ वटा पाईपबाट पानी आपूर्ती हुँदै आएकाे छ । यस पटक थप ७५ र ६३ एमएमकाे पाईपबाट पानी ल्याउन लागिएकाे हाे । तीन बर्ष अघि मांसिमा खानेपानीकाे लागि खाँदबारी नगरपालिकाले ल्याई राखेकाे पाईप प्रयाेग गरि पानीकाे आपूर्ती गर्न लागिएकाे उपभाेक्ता समितिले जनाएकाे छ ।

भ्याङ्खाेलाबाट आउने फाेहाेर पानी बन्द गरी महभिरबाट सफा पानी ल्याउनकाे लागि खाँदबारी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिले श्रमदानकाे आव्हान गरेकाे थियाे । उक्त आव्हान पछि उपभाेक्ताहरु स्वत:स्फुर्त श्रमदानमा खटिएका हुन् । श्रमदानमा खाँदबारी बजार क्षेत्रबाट खाँदबारी १ का वडा अध्यक्ष निरञ्जन श्रेष्ठ सहित खाँदबारी युथ क्लवका पदाधिकारीहरु, संखुवासभा उद्याेग बाणिज्य संघका पदाधिकारीहरु लगायत विभिन्न संघसंस्थाहरुकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै जिल्लाका पत्रकार महासंघका पदाधिकारीहरुकाे समेत श्रमदानमा सहभागिता रहेकाे थियाे ।

श्रमदाताहरुले विच्छ्याएकाे पाईपबाट खाँदबारी ४ गैरीपांमामा रहेकाे ट्रिटमेन्ट प्लान्टसम्म पानी ल्याईनेछ । सनिबार विच्छ्याईएकाे पाईप २ दिन भित्र जडान भईसक्ने र लगत्तै महभिरकाे पानी जडान गरि उपभाेक्ताहरुसम्म पठाउने उपभाेक्ता समितिका अध्यक्ष दिब्य बरालले जानकारी दिनुभयाे ।
महभिरबाट तेश्राे पाईप मार्फत ल्याईएकाे पानी खाँदबारीकाे लागि पर्याप्त नभएकाेले अर्काे श्राेतबाट समेत पानी ल्याउने तयारी भईरहेकाे बरालले जानकारी दिनुभयाे । श्राेत सुनिश्चित भईसकेकाे र पानी ल्याउनकाे लागि ब्यावस्थापकीय तयारी भईरहेकाे पनि अध्यक्ष बरालले जानकारी दिनुभयाे ।




क्याटेगोरी : जीवनशैली, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्