बालेनविरुद्ध फुटपाथ व्यसायी सडकमा उत्रिँदै,प्रतिकारकालागि २०३ सदस्यीय युवा टिम तयार

उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलनगर्ने घोषणा गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै उनीहरुले महानगरले हालसम्मपनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।
काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ । बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपतिवर्गको सेवा र सामान्तवादीहरुको पक्षपोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ ।
आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् । आफूहरुमामाग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीड दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिकदलको कार्यालयमा प्रेश विज्ञप्ति सहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ/संस्थाहरुमा अन्तरक्रियाकार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणा समेत गरेको छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीलेबालेन पर्दा पछाडिको हिरामात्रै बनेको र फुटपाथ व्यवसायीलाई दुःखदिनेर वर्षौंदेखि नागरिक बस्दै आएको घरहरु भत्काउने कामभन्दा केहीनगरको आरोप लगाए । बालेन आफू सर्वैसर्व हुँभनेर लागिरहेको उनको आरोप छ ।
‘हामीले पटक–पटक आन्दोलन र वार्तामार्फत धेरै चोटी कार्यक्रमगर्यौं । महानगरपालिकाले हामीलाई झुटा आस्वाशन मात्रै देखायो । बालेनजी मेयर जितेर आउनु भयो, म चाहिँ सर्वैसर्व हो भनेर उहाँपर्दा पछाडिको हिरो बन्दै हुनुहुन्छ,’– उनले भने ।
महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अबआफूहरु महानगरको दमन विरुद्ध प्रतिकारमा उत्रिने समेत उनले घोषणा गरे । महानगरका प्रहरीले उठाएर लगेको सामन के गरिन्छ भन्ने वास्तविकता पनिबाहिर आउनुपर्ने उनले बताए ।
महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अबआफूहरु महानगरको दमन विरुद्ध प्रतिकारमा उत्रिने समेत उनले घोषणा गरे । महानगरका प्रहरीले उठाएर लगेको सामन के गरिन्छ भन्ने वास्तविकता पनिबाहिर आउनुपर्ने उनले बताए ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिलादाहालले आफूहरु पनि नेपाली नागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए ।
आफूहरुको पेशाव्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै नीति नै नबनाएको उनको गुनासो छ । फुटपाथ व्यवसायीहरुले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्रबुझाउ र वार्ताकालागि जाँदाकुनै सुनुवाई नभएको उनले बताए । बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापनगर्ने विषयमा बेलैमा नसोचेमाआफूहरु कडा प्रतिकारमा उत्रिने उनले उद्घोष गरे ।
‘तपाईँ अब यो समस्यालाई कसरी समाधानगर्नुहुन्छ ?त्यतातिर जानुुस् । यदिजानुभएनभने तपाईँका पछाडि अबगम्भीर चुनौतिहरु आउने छन् । हामीचुपलागेर बस्ने छैनौं । हिजो जसरी सुकुम्बासी उठाउन जानुभयो नि त्योभन्दापनि कडा प्रतिकारमाहामीउत्रिने छौं ।’ उनले थपे,‘त्यो सुकुम्बासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँ लाखौंलाख व्यवसायी हामी उत्रिनुपर्यो भने बालेनजीहिजो इन्डियाबाट आएकाहौ कि कताबाट आएका हौ,उतै जानुपर्छ ।’
बालेनले फुटपाथ व्यवसायीलाई विकल्प दिन्छु भनेर आफ्नो घोषणापत्रमै उल्लेख गरेको उनले बताए । उनले आजती घोषणापत्र कहाँ पुग्यो ?भनेर प्रश्न गरेका छन् । मेयर शाहले हेमराज तामाङ, इन्द्रबहादुर राईजस्ता ठूला मान्छेहरुको महलमा चाहीँ डोजर चलाउन नसकेको उनको आरोप छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका ईन्चार्ज केशव आछामीले सरकारले उचित व्यवस्थापन नगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए । २१ वर्षदेखि राष्ट्रिय स्वरोजगार व्यवसायी संघको झण्ड मुनी राखेर आफूहरुले आन्दोलनगर्दै राज्यसँग माग राख्दा आफ्ना मागहरुको सम्बोधन नगरेको आरोप लगाए । विहान बेलुका २ घण्टा फुटपाथमा बसेर साग बेचेर बालबच्चा पाल्छौं र शिक्षा दिन्छौं भन्दापनि राज्यले विकल्प दिननसकेको भन्दै उनले दुखेसो पोखे । आफूहरुले महानगरसँग पटक–पटक वार्ता र छलफल गरेर समस्याको समाधान चाहेपनि यस विषयमा मेयर बालेन गम्भीर नबनेको उनको आरोप छ ।
‘हामीलाई सडक पेटीमा व्यवसाय गरेर विहान बेलुका गुजारा गर्ने व्यवसायीहरुलाई एउटा समय मिलाइदिनुस् । हाम्रो त्यत्ति अनुरोध हो तपाईँसँग, ठूलो अपेक्षा छैन । हामीलाई जागिर दिनुस् भनेको होइन, व्यवस्थापन गर्दिनुस् । हामीलाई सडकमै व्यवस्थापन गर्न दिनुस् भनेको पनिहोइन, व्यवसायगर्ने थलो देखाइदिनुस्,’– उनले काठमाडौं महानगरका मेयरसमक्ष आग्रह गरे ।
एक हप्ताभित्र यस विषयमा सरकारले सरकार र काठमाडौं महानगर सकारात्मक भएर विकल्प नदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ । संघर्षको कार्यक्रममा उपस्थित् हुनकालागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे । संघर्षमा बलिदान दिनकालागि पनि तयार हुनुपर्ने उनले बताए ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारकालागि २ सय तीन सदस्यीययुवा टिम तयार भइसकेको बताए ।
एक हप्ताभित्र यस विषयमा सरकारले सरकार र काठमाडौं महानगर सकारात्मक भएर विकल्प नदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ । संघर्षको कार्यक्रममा उपस्थित् हुनकालागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे । संघर्षमा बलिदान दिनकालागि पनि तयार हुनुपर्ने उनले बताए ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारकालागि २ सय तीन सदस्यीययुवा टिम तयार भइसकेको बताए ।
‘हामी व्यवसायीको तर्फबाट युवाफोर्स तयार भइसकेको छ । संयोजक म आफैं छु । दुई सय तीनजनको टिम हामीले गठन गरेका छौं । स्वयमसेवकहरुले अब व्यवसायीहरुका बीचबाट महानगरले लगेको सामान निगरानीगर्ने र महानगरले धरपकड गरेकै ठाउँमा खोसिनेछ,’– उनले भने ।
उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले कामगर्ने र गरिखाने वातावरण सिर्जना गर्नपर्ने बताए । गरिखान देउ भनेर पनि लड्न पर्ने दिनआएको भन्दै उनले दुखेसो पोखे ।
आफूहरुले लुकेर, छिपेर, चोर जसरी व्यापार गर्नुपरेको उनको भनाई छ । आफूहरुको पेशाव्यवसायलाई व्यवस्थित गरेर कर उठाउने वातावरण निर्माण गर्नपनिउनले महानगरलाई आग्रह गरे ।
गरिब वर्गलाई पिल्साएर राज्य समृद्ध बन्ननसक्ने उनको भनाई छ । विदेशका ठूला–ठूला सहरहरुमापनि फुटपाथ व्यवसाय रहेको उल्लेख गर्दै उनले आफैं स्वरोजगार बनेको सानाव्यवसायीलाई गरिखाने वातावरण दिनआग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेनविरुद्ध फुटपाथ व्यसायी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्