Techie IT
बुधबार, जेठ १,२०८२

आजबाट ‘बागमती प्रदेश युवा सम्मेलन २०८०’ सुरु हुँदै


असार । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट ‘बागमती प्रदेश युवा सम्मेलन २०८०’ सुरु हुँदैछ ।

प्रदेशको प्रदेश युवा परिषद्ले आयोजना गर्न लागेको सम्मेलन आज र भोलि दुई दिन हुन लागेको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सम्मेलनमा  प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र सरोकारवाला संघसंस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका १५ जनाले सम्मेलनमा सहभागिता रहने जानकारी दिए ।

युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको चौलागाईले बताए ।

हेटौंडाको मोटल एभोकाडोमा हुने दुई दिने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्र हुनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् ।

सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् भने सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन् ।

यसैगरी, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतको प्रस्तुती रहने युवा परिषद्ले जनाएको छ । सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश युवा सम्मेलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545