Techie IT
बुधबार, जेठ १,२०८२

काभ्रेस्थलीमा हिलाम्मे सडकमा असारे भाकामा व्यांग्यात्मक रोपाई


तारकेश्वर काठमाडौं । तारकेश्वर काभ्रेस्थलीमा स्थानीयले हिलाम्मे सडकमा रोपाई गरेका छन् । थुम्कीका स्थानीयले शनिबार काउँरेबाट थुमी साङ्गला सडकमा असारे गितमा नाचँगान गर्दे हिलाम्मे सडकमा रोपाई गरेको  दिपेस अधिकारीले बताए ।

हिलाम्मे सडकको स्तरोन्नतीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय युवा कपिल अधिकारीले बताए ।

असन्तुष्ट स्थानीयले हिलाम्मे सडकमा धान रोपेर बिरोध जनाएका हुन। वर्षाकाबेला सडक हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुँदा समेत स्थानीय सरकारले बेवास्ता गरेको अर्को युवा सुनिल अधिकारीले बताए ।

मूल सडकनै यस्तो अवस्था हुँदा बिरामी लगायत अती आबश्यक बस्तु संगै हिलडुलमा समेत कठिनाई भएको स्थानीयहरुको भनाइृ छ ।

यस्तो ठाउँमा स्थानीय सरकारले ध्यान दिन स्थानिय बासी एवं समाजसेवी सुर्दशन अधिकारीले अनुरोध गरेका छन ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काभ्रेस्थलीमा हिलाम्मे सडकमा असारे भाकामा व्यांग्यात्मक रोपाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:13 am6:46 pm +0545