Techie IT
बुधबार, जेठ १,२०८२

सार्वजनिक यातायातको भाडा घट्यो


काठमाडौं ।   यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।

कहाँ कति भाडा ? सूची


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सार्वजनिक यातायातको भाडा घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545