शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाए चुप लागेर नबस्ने : तरुण दल
काठमाडौं । नेपाली कांग्रेसनिकट युवाहरूको संगठन नेपाल तरुण दलका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाउनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।
क्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण तरुण दलका पुर्वअध्यक्षसमेत हुन् ।
तरुण दल केन्द्रीय कार्यालय रवि भवनमा बागमती प्रदेशलगायत विभिन्न जिल्लाका सभापतिसँग केन्द्रीय अध्यक्ष विद्वान गुरुङले छलफल गरेका थिए ।
सोक्रममा गुरुङले अहिलेको व्यवस्था प्रणालीमाथि अस्वाभाविक क्रियाकलाप बढेको भन्दै सम्भावित परिस्थितिप्रति सचेत रहन निर्देशन दिए ।
छलफलमा शरणार्थी प्रकरणलाई लिएर कांग्रेसप्रति मात्र तिर तेर्साउने र अरु दलका नेता-कार्यकर्ता मौन रहने हो भने चुप लागेर नबस्ने चेतावनी दिइएको छ ।
‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन नहुने र नेपाली कांग्रेसका नेताहरूलाई मात्र निशाना बनाएर अघि बढ्ने चेष्टा राखे कडा रूपमा प्रस्तुत हुन तयार हुनुपर्ने अध्यक्षज्यूले बताउनुभएको छ’, बैठकमा सहभागी एक नेताले भने ।
उक्त बैठकमा मुख्य सचिव ठान प्रसाद पोखरेल, काठमाडौं अध्यक्ष कृष्ण जि खड्का ,सोलुखुम्बु अध्यक्ष अशोक झा, सिन्धुपाल्चोक अध्यक्ष सञ्जय लामा, काभ्रे अध्यक्ष सुजन लामा, कैलाली अध्यक्ष दीपेन्द्र बम, डोल्पा अध्यक्ष तुलबहादुर बोहरा, बारा अध्यक्ष लोकेश सिंह, नुवाकोट अध्यक्ष सिंहराज तामाङलगायतका नेता सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तरुण दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्