Techie IT
बुधबार, जेठ १,२०८२

मुगुमा हिमपहिरो : तीन जनाको मृत्यु


मुगु । हिम पहिरोमा परेर तीन जना मृत्यु भएको छ ।

शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जनाइएको छ ।

उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

१५ जनाको टोली शनिवार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालय मुगुले मौसम राम्रो छैन भनेर खुलाएको नै रहिन्छ । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएको थियो । उनीहरूलाई एक पटक फर्काएको थियो । तर, जबरजस्ती गरेर कता कुन बाटोबाट लुकेर गएछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुगुमा हिमपहिरो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545