Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रहरीमा जथाभावी काजले बेथिती : यथाशीघ्र दरबन्दीमा फिर्ता गर्न प्रदेश प्रहरी कार्यालयको निर्देशन


चितवन । बागमती प्रदेश प्रहरी कार्यालयले जथाभावी रूपमा काज सरुवा हुँदा त्यसले बेथिति निम्त्याएको भन्दै काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता गर्न सर्कुलर जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै दरबन्दी फिर्ता गर्न पटकपटक निर्देशन जारी गरे पनि त्यसको अवज्ञा हुँदै आएको थियो ।

यसैक्रम्मा हिजो (बुधबार) बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनलाई सरुवा भएका, काज अवधी सकिएका र बढुवा भई पदस्थापना भएका प्रहरी कर्मचारीलाई यथाशीघ्र दरबन्दीमा फिर्ता गर्न सर्कुलर जारी गरेको हो ।

 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सि.नं. १०७८७, ८२०,८५३, १५७ र ३२२ को संचार त्यहाँ प्राप्त भए तापनि हालसम्म सरुवा भएका कुनै प्रहरी लाई रवाना नगरिएको र रवानाको लागी पटकपटक निर्देशन भएपनि कार्यान्वयन नभएकोले कार्यालय प्रमुख स्वयंले कुनै दिलचप्सी दिइ सम्बन्धि क्षेत्रको तत्काल रवाना गराई सो, को जानकारी गराउनहुन अनुरोध छ भनी जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।

काज सरुवा र बढुवाका लागि “चेन अफ कमाण्ड” तोड्दै विभिन्न शक्तिकेन्द्रबाट सिफारिस गर्न लगाउने कार्यले प्रहरी संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालयले यसअघि नै दिएको थियो । तर, सो निर्देशन बोलीमा मात्रै सिमित भएपछि बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार मात्रै कडा परिपत्र गरेका हुन् ।

परिपत्रमा सम्बन्धित प्रहरी कर्मचारीलाई पुनः ताकेता गर्नु नपर्ने गरी सम्बन्धि ठेकिएको दरबन्दीमा नै फिर्ता गर्न निर्देशन दिइएको हो । साथै, प्रदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक कार्यालयबाट घर ठेगाना भएका स्थानमा प्रहरी कर्मचारीको काज गरिएकाले त्यस्ता काजहरु तत्काल रद्द गर्न समेत प्रहरी प्रधान कार्यालयले सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545