Techie IT
बुधबार, जेठ १,२०८२

अदालतमा आत्मसमर्पण गरेका डोनाल्ड ट्रम्प पक्राउ


चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए ।

मंगलबार न्युयोर्कको अदालतमा आत्मसमर्पण गरेका ट्रम्प विरुद्ध विभिन्न ३४ वटा आपराधिक अभियोग लगाईएको छ । ट्रम्पले भने सम्पूर्ण अभियोग अस्वीकार गर्द आफुले कुनै गलत काम नगरेको दाबी गरेका छन् ।

सन् २०१६ को राष्ट्रपति निर्वाचन अघि आफ्नो प्रतिष्ठा जोगाउन थुप्रै गैरकानुनी आर्थिक कारोबारको रेकर्ड किर्ते गरेको आरोप ट्रम्पमाथि छ । पोर्न स्टार स्टर्मी ड्यानियललाई भुक्तानी दिएको कसुरमा ट्रम्प अदालतमा तानिएका हुन् ।

अर्को वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका ट्रम्पलाई यो अभियोगले निकै ठूलो धक्का लागेको अमेरिकी राजनीतिका जानकारहरु बताउँछन् । एजेन्सी 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #डोनाल्ड ट्रम्प पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545