हजार र पाँच सयका नोट नोटबन्दी गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाडौँ । नेपाल समाजवादी मोर्चाका अध्यक्ष युवराज सफलले हजार र पाँच सयका नोट नोटबन्दी गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । संयोजक सफलले बुधबार प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षणपत्र पठाउँदै मुलुकको आर्थिक अवस्था जर्जरतातर्फ गएको र यो हेर्दा मुलुक श्रीलंका बन्ने बाटोमा उन्मुख भएको बताएका छन् ।
उनले तत्काल १०००/५०० का नोटलाई नोटबन्दी गर्नुपर्ने, नेपालमा विभिन्न व्यक्तिहरुले कालोधन आर्जन गरी लुकाई राखेकोले तत्काल कालो धनलाई जफत गरी राष्ट्रियकरण गर्नुपर्ने, र नेपालीहरुले विदेशी बैँकमा राखेका रकम आवश्यक कानुन बनाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । साथै उनले एनसेल लगायत अन्य विभिन्न निकाय एवम् व्यवसायी संस्थाहरुले अरबौँ रुपैयाँ नेपाल सरकारलाई तिर्न बाँकी रहेकोमा तत्काल सो रकम असुल उपर गरी राष्ट्रिय ढुकुटीमा ल्याउन पनि माग गरेका छन् ।
‘विभिन्न व्यक्ति एवम् व्यवसायीहरुले राष्ट्रलाई धरासयी बनाउन कर छलि एवम् भ्याट छलि जस्ता गतिविधि गरेकाले तत्काल ती व्यक्ति, कम्पनी र निकायलाई आवश्यक कर तिराई करको दायरामा ल्याउने व्यबस्था मिलाइयोस्’, प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हजार र पाँच सयका नोट नोटबन्दी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्