चितवन प्रहरीको सफलता : एक करोड भन्दा बढीको गरगहना सहित तीन जना पक्राउ
चितवन । बहुमुल्य गरगहना सहित तीन जना भारतीय नागरिकलाई चितवन प्रहरीले (मंगलबार) पक्राउ गरेको छ । बहुमुल्य गरगहनाको अबैध ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गएराती एक बजे भरतपुर महानगरपालिका वडा नंम्बर ९ गोन्द्राङस्थितबाट भारत उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने ४२ बर्षीया विनोद प्रसाद, भारत, पश्चितम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने ५१ बर्षीया गणपत कुमार तोसावर र सोही ठाउँ बस्ने ४२ बर्षीया नरेश बर्मालाई पक्राउ गरेको हो ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ड्ब्लुबी १२एभी ५५६६ भारतीय नम्बरको नेक्सन कम्पनीको कारलाई रोकी चेकजाँच गर्दा कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी (प्यासेन्जर सिट), गियर बक्सभित्र र एयर फिल्टरभित्र लुकाई छिपाई ल्याएको अवस्थामा सुन जस्तो देखिने पहेलो धातुको चोकर थान- १२ १५.५५५ तोला, सुन जस्तो देखिने पहेलो धातुको सिक्री (पाईप) थान-५ ५.१७५ तोला, सुन जस्तो देखिने पहेलो धातुमा हिरा जस्तो देखिने चम्किलो धातु जडित औठी थान-२ ०.६४३ तोला, सुन जस्तो पहेलो धातुको बक्स औठी थान-८ १.९९७ तोला, सुन जस्तो देखिने पहेलो धातुको मिनि हार थान-५ ३.८५८ तोला, सुन जस्तो देखिने पहेलो धातुको टोपा औठी थान-२ १.५३७ तोला, सुन जस्तो देखिने पहेलो धातुको लकेट थान-४ १.२९४ तोला, सुन जस्तो देखिने पहेलो धातुको झुम्का ३१ जोर १२.७७२ तोला, सुन जस्तो देखिने पहेलो धातुको चप्रा नभरेको चुरा थान-६ ५.७५७ तोला, सुन जस्तो देखिने पहेलो धातुमा चप्रा र लाहा भरेको चुरा थान-४ ९.१६५ तोला, सुन जस्तो देखिने धातुको कल्ली बाला मिना सहित थान-४ ६.१४५ तोला, हिरा जस्तो देखिने चम्किलो धातुको हार थान-७ (ट्याग सहित ) १०.३८८ तोला, हिरा जस्तो देखिने चम्किलो धातुको ब्रास्लेट थान-१ (Tag, सहित) १.३७० तोला, हिरा जस्तो देखिने चम्किलो धातुको वाला थान-१ ०.६४७ तोला, हिरा जस्तो देखिने चम्किलो धातुको औठी थान-४ २.२२१ तोला, हिरा जस्तो देखिने चम्किलो धातुको लकेट थान-२ १.४१८ तोला, हिरा जस्तो देखिने चम्किलो धातुको झुम्का थान-१० ४.७०० तोला, हिरा जस्तो देखिने चम्किलो धातुको टप थान-१२ २.१०४ तोला, बिभिन्न किसिमका पत्थर ३६ थान बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुनको मूल्य अनुमानित एक करोड बढीको रहेको छ । ६३ तोला भन्दा बढी सुन र हिराजडित गरगहना २२ तोला भन्दा बढी बरामद गरेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका उनीहरुलाइ आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय हरिहर भवन काठमाडौंमा पठाइने चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्