खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ
चितवन । लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले खैरहनी नगरपालिका वडा नंम्बर २ स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित खैरहनी नगरपालिका ३ बस्ने ३० बर्षीया बिक्रम गुरुङ र राप्ती नगरपालिका वडा नंम्बर ८ बस्ने २४ को गगन सिंजाली मगरलाई पक्राउ गरेको हो ।
बागमती प्रदेश ०६-००१ प ५६०५ नंम्बरको मोटरसाईकलमा सवार उनीहरु लाई मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा खैरो हेरोईन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले १५ ग्राम लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर आज (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्