Techie IT
सोमबार, वैशाख २२,२०८२

खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ


चितवन । लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले खैरहनी नगरपालिका वडा नंम्बर २ स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित खैरहनी नगरपालिका ३ बस्ने ३० बर्षीया बिक्रम गुरुङ र राप्ती नगरपालिका वडा नंम्बर ८ बस्ने २४ को गगन सिंजाली मगरलाई पक्राउ गरेको हो ।

बागमती प्रदेश ०६-००१ प ५६०५ नंम्बरको मोटरसाईकलमा सवार उनीहरु  लाई मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा खैरो हेरोईन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले १५ ग्राम लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर आज (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545