Techie IT
सोमबार, वैशाख २२,२०८२

न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा क्रिस हिपकिन्स


एजेन्सी । न्युजिल्याण्डमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्नुभएको छ ।

प्रधानमन्त्री ज्यासिण्डा आर्डनले गत हप्ता पदत्गाग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । बेलायती राजा चार्ल्सका प्रतिनिधिको रुपमा रहेका गभर्नर समक्ष प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको हो ।

कारमेल सेपुलोनीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरिएको छ । सपथ ग्रहणपछि ४४ वर्षीय प्रधानमन्त्री हिपकिन्सले आफू अगाडिका चुनौतीका कारण निकै उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री ज्यासिण्डा अर्डनले परिवारलाई समय दिन नसकेको र चुनौतीहरु कारण थकित भएको भन्दै गत हप्ता स्वेच्छिक रुपमा पदत्यागको घोषणा गर्नुभएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #क्रिस हिपकिन्स, #न्युजिल्याण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545