बागमती प्रदेश सरकारले आज पूर्णता पाउने
काठमाडौं । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ ।
पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।
कार्यदलले बुधबार मुख्यमन्त्री जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्ने छ । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।
बुधबार दिउँसो बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
थपलियाले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताउनुभयो ।
बागमतीमा गत पुस २६ मा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री हुनुभएको थियो । त्यस दिन उहाँले ३ जना मन्त्री बनाउनु भएको थियो ।
प्रदेशमा प्रतिनिधित्व गरेका ७ दलहरु मध्ये मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेम
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्