चितवनको छुट्टाछुट्टै स्थानबाट औषधिजन्य लागुऔषधसहित चार जना पक्राउ
चितवन । चितवनको छुट्टाछुट्टै स्थानबाट प्रहरीले औषधिजन्य लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले राप्ती नगरपालिका वडा नंम्बर ०६ स्थितबाट लागूऔषधसहित दुई जना र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले कालिका नगरपालिका वडा नंम्बर एकबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पर्सा छिपरमाई गाउँपालिका १ बस्ने २८ बर्षीया महेश कुमार यादव र सोही ठाउँ बस्ने २९ बर्षीया पप्पु प्रसाद यादव रहेका छन् । यादवद्वयलाइ ईलाका प्रहरी कार्यालय भण्डाराको विशेष टोलीले माघ ६ गते दिउँसो तीन बजेको समयमा पक्राउ गरेको हो ।
लागूऔषध बिक्री बितरण गर्ने कार्य भैरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई राप्ती नगरपालिका वडा नंम्बर ०६ स्थितबाट शंकास्पद अबस्थामा बसिरहेको समयमा पक्राउ गरिएको भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।
प्रहरी निरीक्षक गुरुङका अनुसार पप्पु प्रसाद यादवलाई चेकजाँच गर्दा बोरा तथा झोलाबाट लागूऔषध डाईजेपाम एक सय ६ एम्पुल, फेनार्गन एक सय बाह्र एम्पुल र नुरफिन एक सय बाह्र एम्पुल गरी तीन सय तीस एम्पुल फेला परेको थियो । पक्राउ परेका दुवै विरुद्ध माघ ९ गते सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागु हुने गरी लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी निरीक्षक गुरुङले बताए ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सहित थप दुई जनालाई समेत पक्राउ गरेको छ । प्रहरीले कालिका नगरपालिका वडा नंम्बर स्थितबाट प्रतिवन्धित औषधी सहित कालिका नगरपालिका वडा नंम्बर ४ बस्ने २४ बर्षीया निर्मल तिमिल्सिना र रत्ननगर नगरपालिका वडा नंम्बर ३ बस्ने २३ बर्षीया आयुष खनाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लिड क्याप्सुल चार हजार ६ सय असी ट्याब्लेट, ट्रामाडोल हाइड्रोक्लिड आइपी पचास एमजी लेखेको तीन हजार ट्याब्लेट, अनार्गन पच्चीस लेखेको एक हजार नौ सय पैत्तालीस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध प्रतिवन्धित औषधीसहित आवश्यक कार्वाहीको लागी औषधि ब्यवस्था बिभाग बिरगंज पठाईएको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्