प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
धादिङ । लागूऔषध चरेससहित एक जनालाई धादिङ प्रहरीले पक्राउ गरेको छ । सोमबार पालुङबाट महादेववेशी आउँदै गरेको बा . ५. ख. ६५०९ नंम्बरको यात्रुबाहक बसलाई धादिङ थाक्रे गाउँपालिका वडा नम्बर २ समनटारस्थित पालुङ महादेववेशी सडक खण्डमा रोकी चेकजाँच गर्दा आठ किलो पाँच सय २५ ग्राम लागु औषध चरेश जस्तो पदार्थ फेला परेको हो ।
सो, परिणामको लागु औषध चरेश सहित मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ८ भोर्ले बस्ने ३५ बर्षीया लक्ष्मी गिरी पुरीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय खानीखोला धादिङका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए । पक्राउ परेकी उनलाई लागुऔषध कसुर अन्तर्गत मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्