Techie IT
सोमबार, वैशाख २२,२०८२

यौन दुर्व्यवहारको आरोपमा फुटबलर ड्यानी अल्भेस गिरफ्तार


काठमाडौं । बार्सिलोनामा पूर्व डिफेण्डर ड्यानी अल्भेस गिरफ्तार भएका छन् ।

एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

समाचार एजेन्सी ईएफईका अनुसार पीडितले ३० डिसेम्बरको राती पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।

त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने बताएको छ ।

आल्भेस अहिले पुमास भनिने मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा आवद्ध छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #ड्यानी अल्भेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545