इसा अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्री दाहालको बधाइ

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले आज बिहान सामाजिक सञ्जालमार्फत डा रुइतलाई बधाई दिँदै राज्यसँग उहाँले गर्नुभएको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ “वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।”
डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने बारेमा नजिकबाट हेरिरहेको बताउनुभएको थियो । आँखा उपचारमार्फत उहाँले मानव सेवामा गर्नुभएको योगदानको कदर गर्दै बहाइनले झण्डै रु १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डा सन्दुक रुइत, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्