Techie IT
सोमबार, वैशाख २२,२०८२

सुरक्षा बलले गरेको कारवाहीमा पाकिस्तानमा चार जना आतङ्ककारी मारिए


काठमाडौँ  । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीका क्रममा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनाका आधारमा सुरक्षा बलले कारवाही गरेको हो । प्रतिआतङ्वाद कारवाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो ।

सुरक्षा बल र नागरिकमाथि गोली प्रहार गर्ने घटना बाहेक रिमोट कन्ट्रोलमार्फत् विष्फोट गराउनका लागि बम विछ्याउनेलगायत आतङ्कवादी गतिविधि सञ्चालन गर्नेविरुद्ध कारवाही गरिएको हो ।

पाकिस्तनी सेनाको सञ्चार शाखा अन्तरसेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जनाएअनुसार कारवाहीका क्रममा आतङ्कवादीबाट विष्फोटनमा प्रयोग हुने उपकरण, हातहतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #पाकिस्तान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545