सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सभामुख भण्डारीद्वारा पद तथा गोपनीयताको शपथग्रहण
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका बिच प्रदेश प्रमुख देवराज जोशीले नवनिर्वाचित सभामुख भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भयो ।
समारोहमा मुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रीगण, नेकपा एमालेका सचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
यस अघि आज बिहान प्रदेश सभामा सभामुख चयनका लागि भएको मत विभाजनमा उहाँले २९ मत (बहुमत) प्राप्त गर्नु भएर सभामुखमा निर्वाचित हुनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्