Techie IT
बुधबार, वैशाख २४,२०८२

यती एयरलाइन्स दुर्घटना : भेटियो ‘ब्ल्याक बक्स’


काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए। 

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ ।

उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #‘ब्ल्याक बक्स’, #hot, #यती एयरलाइन्स


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545