सुनको ब्रास्लेट चोरी गर्ने भरतपुर अस्पतालका सेक्युरिटी गार्ड पक्राउ
चितवन । सवारी दुर्घटनामा परी मृत्यु भएका एक ब्यक्तिको सुनको ब्रास्लेट चोरी गर्ने भरतपुर अस्पतालका सेक्युरिटी गार्ड पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाईकल चालक तनहुँ भानु नगरपालिका वडा नंम्बर २ घर भई हाल भरतपुर महानगरपालिका १ बस्ने ३७ बर्षीया सञ्जिव बहादुर रायमाझीको सुनको ब्रास्लेट चोरी गर्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नंम्बर ६ घर भई हाल भरतपुर महानगर वडा नंम्बर ७ बस्ने २७ बर्षीया कृष्ण राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
रायमाझी सवार बागमती प्रदेश ०३-००३ प ६५७४ नंम्बरको मोटरसाईकल लाई पौष १७ गते साँझ भरतपुर महानगरपालिका २९ केरावारीस्थित सडक खण्डमा ना ५६ ख ३३१२ नंम्बरको ट्रकले ठक्कर दिईएको थियो । गम्भीर अवस्थामा रहेका उनको भरतपुर अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो ।
मृतकको लासलाई अस्पतालकै आकस्मिक कक्ष नजिक रहेको एक कोठामा राखिएको अवस्थामा उनको हातमा लगाएको सुनको ब्रास्लेट चोरी भएको थियो । चोरी भएको सुनको ब्रासलेटसहित चोरी कार्यमा संलग्न राईलाई नियन्त्रणमा लिई चोरी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट बिहीबार म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्