अवैध रूपमा लगाइएको गाँजा खेती ध्वस्त पार्दै चितवन प्रहरी : २० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट
चितवन । चितवन प्रहरीले बीस बिगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ र १२ स्थितमा लागुऔषध गाँजा र अफिम खेती लगाएको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीको टोलिले अंन्दाजी २० बिगाहा क्षेत्रफलमा लगाएको गाँजाखेती र अबैध रुपमा लगाएको ७ कट्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फडानी गरी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सूचनाको आधारमा प्रहरीले राप्ती नगरपालिका ११ स्थित थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला र वडा नम्बर १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा लगायतका विभिन्न स्थानहरुमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको बताए ।

साथै, उनलेे वडाका ती बस्तीहरुमा स्थानीयहरुसंग यसबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत समेत गराइएकाे बताए । लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्काललै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत चितवन प्रहरीले सबैमा अपिल गरेको छ ।

चितवन प्रहरी प्रमुखको कमान्ड सम्हालेका (एसपी) अधिकारी पछिल्लो समय अपराधीक गतिविधि गर्ने गिरोहहरु प्रति निक्कै आक्रमक बन्दै गएका छन् । अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार कार्यलाई नियन्त्रणमा लिएको प्रहरीले मंगलबार र बुधबार मात्रै विभिन्न स्थानहरुमा २० विघामा लगाएको गाँजाका वोटविरुवाहरु नष्ट गरेको थियो ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्