Techie IT
बुधबार, वैशाख २४,२०८२

६० वर्षीया राधाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ


काठमाडौँ । शीतगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा-१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् ।

राधाको शव आइतबार बिहान शीतगंगा -१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सिंहलाई शीतगंगाकै मुन्द्रीबासस्थित जंगलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुंगा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीले आरोपी सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:18 am6:42 pm +0545