काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ जना घाइते

काबुल। काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ ।
तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताएका छन् ।
उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विस्फोटमा चार जना घाइते भएको तीन दिनपछि यो अर्को विस्फोटको घटना हो ।तखारमा तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबिन साफीले विस्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको जानकारी दिएका छन् ।
पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोट लगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ।एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #काबुल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्