Techie IT
बुधबार, जेठ १,२०८२

लुम्बिनी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै


दाङ । लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उहाँहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।

केही बेरमा शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यहरूलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भई नसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् । नेकपा (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक÷एक प्रदेशसभा सदस्य छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #लुम्बिनी प्रदेशसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545