काकीको हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

महेन्द्रनगर । आफ्नै काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ बेलापट्टी बस्ने २० वर्षीय दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार साँझ ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनको १४ महिनाको छोरा घाइते भएको प्रहरीमा खबर गएको थियो । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको अनुसन्धान टोली घटनास्थलमा जाँदा मृतकको शवमा गम्भीर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको हो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलीपलाई शङ्कास्पद अवस्थामा फेला परेको र उनको हातको बुढी औला तथा घाटीको भागमा स–साना चिथोरिएको जस्तो दाग देखिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीका अनुसार दिलीपको शरीर खान तलासी गर्दा उनले लगाएको अन्डर वेयरभित्र मृतकले प्रयोग गर्ने मोबाइल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्