नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ
बागलुङ । नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बागलुङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जन्मदिन मनाउन भनी बोलाएर होटलमा लगेर जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बागलुङ गलकोट नगरपालिका वडा नंम्बर ९ घर भई कास्की पोखरा महानगरपालिका ८ सृजना चोक बस्ने २५ बर्षीया अशोक दर्लामी मगर, धादिङ स्थायी वतन भई कास्की पोखरा महानगरपालिका वडा नंम्बर ८ बस्ने १९ बर्षीया सन्दिप तामाङ, गुल्मी अर्मेनी स्थायी घर भई कास्की पोखरा महानगरपालिका वडा नंम्बर १७ बस्ने १९ बर्षकै राहुल थापालाइ पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले आइतबार पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार पक्राउ परेका प्रतिवादीहरुमध्य अशोक दर्लामीले मंसिर २३ गते राती १० बजे १५ बर्षीया नाबालिकालाइ बागलुङ नगरपालिका वर्डा नम्बर २ ट्राफिक चोकस्थित पर्वत होटलमा लगी जवरजस्ती करणी गरेका थिए । त्यस्तै, अर्का सन्दिप तामाङ र राहुल थापा माथि समेत मंसिर २४ गते रातीको १२ बजे बागलुङ नगरपालिका २ समिट होटलमा लगी जवरजस्ती करणी गरेको आरोप छ । तामाङमाथि १५ बर्षीया र थापामाथि १६ बर्षकी नाबालिका माथि करणी गरेको आरोप छ । पक्राउ परेका उनीहरुविरूद्व जवरजस्ती करणीको शीर्षकमा सम्मानित बागलुङ जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्