हँसिया प्रहार गरि भिनाजुले गरे सालोको हत्या

धनगढी । कैलालीमा हँसिया प्रहार गरि भिनाजुले सालाको हत्या गरेका छन् भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जोशीपुर गाउँपालिका ६ कुमारीवागमा स्थानीय गौरीलाल ढुङ्गानाले हँसिया गरी प्रहरी ३२ बर्सिया पदमराज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीको अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । हत्यामा संलग्न भनिएका ढुङ्गाना नातामा भिनाजु पर्ने र भण्डारी साला रहेको प्रहरीको भनाई छ । यस्तै ढुङ्गानाले प्रहार गरेको हँसिया लागेर अर्का जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । जयराज पनि नातामा गौरीलालका साला हुन् ।
गएराती भएको उक्त हत्यामा घटना संलग्न ढुङ्गाना फरार रहेको र उनको खोजी कार्यमा प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्