एकीकृत समाजवादीमा प्रवेश गरे दिपक मनाङे
काठमाडौं । मनाङ प्रदेश सभा २ बाट प्रदेश सभा सदस्य विजयी बनेका राजीव गुरुङ (दिपक मनांगे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ प्रदेश सभा-२बाट निर्विरोध निर्वाचित भएका थिए । गुरुङले आज एक वक्तव्य जारी गर्दै आफू एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् ।
‘राजनीति कमाउन होइन सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो । यही कुरालाई मनन गर्दै मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ,’ वक्तव्यमा उनले भनेका छन्, ‘तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु ।’
क्याटेगोरी : समाचार
ट्याग : #एकीकृत समाजवादी प्रवेश गरे दिपक मनाङे, #राजीव गुरुङ (दिपक मनांगे)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्