दोलखाका एमाले जिल्ला सचिव हिरा थोकरद्वारा राजीनामा घोषणा
काठमाडौंं। दोलखा प्रतिनिधि सभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताले नेकपा (एमाले) जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राजीनामा दिने घोषणा गर्नुभएको हो । माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पराजित गर्नुभएपछि एमालेलाई दोलखामा धक्का लागेको छ ।
कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । दोलखामा अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हिरा थोकर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्