Techie IT
शनिबार, वैशाख १९,२०८३

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा मकवानपुरका पत्रकारमाथि कुटपिट


काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले मकवानपुरका दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् ।

कांग्रेसको मतपरिणामलाई आधार मानेर समाचार लेखेको भन्दै बागमती एक्सप्रेस साप्ताहिक पत्रिकाका प्रकाशक रमेश बञ्जरा(इन्द्र) र पत्रिकाका स्तम्भकार रामकुमार रिजाल(एलन) माथि कांग्रेस कार्यकर्ताहरुले आइतबार राति कुटपिट गरेका थिए ।

कांग्रेसका कार्यकर्ताहरुले इन्द्र बानीयाँको विषयमा समाचार लेखेको भन्दै कुटपिट गरेका हुन् । यही विषयमा अहिले जिल्ला प्रहरी कार्यालय तनावग्रस्त भएको छ ।

कुटपिट गर्नेहरुविरुद्व पत्रकार बञ्जरा र रिजालले किटानी जाहेरी दिएका छन् । कांग्रेस कार्यकर्ताहरुले प्रहरी कार्यालयभित्रै हातपात गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयको अवस्था तनावपूर्ण बनेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेसका कार्यकर्ताद्वारा मकवानपुरका पत्रकारमाथि कुटपिट, #पत्रकारमाथि कुटपिट


तपाईको कमेन्ट लेख्नुहोस्