टोखा ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना ,एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किंदा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो । मोटरसाइकल चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षीय सन्देश कार्की छन् । उनको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका १ टंकीमा सोमबार बेलुकी साढे ८ बजे को १९ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा बुढीगंगा २ का ५५ वर्षीय भदु राजवंशी घाइते भएका छन् । उनको उपचार विराट मेडिकल कलेजमा भइरहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा ग्रिनल्याण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्