Techie IT
सोमबार, वैशाख ७,२०८३

रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित


रामेछाप । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेलले–३० हजार ७ सय २९ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका लाल बहादुर घिसिङले १ हजार ४ सय ८४ मत प्राप्त गरि तेस्रो स्थानमा रहनु भएको छ ।

यसैगरी प्रदेशसभाका दुवै क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुनुभएको छ ।  क्षेत्र नं (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका तारानारायण श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ति प्रसाद पौडेलले १५ हजार १५७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका हिक्मतबहादुर सुनुवार ३, हजार ४ सय ९५ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।

प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका युवराज चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलन कुमार घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका भरतसिंह वाइबाले २ हजार ७७ मत प्राप्त गर्नुभएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थली, रामेछापले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #रामेछाप, #रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित


तपाईको कमेन्ट लेख्नुहोस्